जन्मदिनको अवसरमा विद्यार्थी नेता शाहीद्धारा छात्रवृत्ति स्थापना

661
views

सुर्खेत । जन्मदिनको अवसर पारेर अनेरास्ववियू का विद्यार्थी नेता गणेशबहादुर शाहीले छात्रवृत्तिको स्थापना गरेका छन ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत क्याम्पस शिक्षामा गत सालबाट भर्ना भएका प्रथम बर्षमा अध्ययनरत उत्कृष्ट दुइजना विद्यार्थीलाइ छात्रवृत्ति दिने निर्णय गरेका हुन ।

अनेरास्ववियू केन्द्रिय सदस्य, सुर्खेत जिल्ला सह–सयोजक तथा सुर्खेत क्याम्पस शिक्षाका स्ववियू सह–सचिव समेत रहेका शाहीले जन्मदिनको विशेष अवसरमा अनाआवश्यक बाहिर खर्च गर्नूभन्दा क्याम्पसमा खर्च गरे क्याम्पसका विद्यार्थीको पढाइमा खर्च गर्न उपयुक्त रहेको बताए ।

प्रत्येक बर्ष जन्मदिनको अबसर पारेर चौथो बर्ष सम्म टप्ने एक छात्र एक छात्रा गरि दुइ जना विद्यार्थीलाइ छात्रवृत्ति प्रधान गरिने छ ।’ उनले थपे ‘चार बर्ष सम्मै उत्कृष्ट नतिजा ल्याउने  उत्कृष्ट  दुइजना सातरसात हजारका दरले १४ हजार को पुरस्कार दिइने छ भने उक्त पुरस्कार अनेरास्ववियू क्याम्पस कमिटिको मातहतमा रहनेछ ।’