आहा रारा गोल्डकपमा पुलिसलाई हराउँदै अफ्रिकन रुट फाइनलमा

566
views

काठमाण्डौ – आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई हराउँदै अफ्रिकन रुट एसोसिएसन फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा बिहीवार भएको दोस्रो सेमिफाइनल खेलमा पुलिस क्लबलाई दुई–शून्यले हराउँदै अफ्रिकन रुट उपाधि नजिक पुगेको हो ।

अफ्रिकन रुटका बासेकले खेलको तेस्रो मिनेटमा र मौसाले इन्जुरी समयमा एकरएक गोल गरे ।

६ पटकको च्याम्पियन पुलिस सेमिफाइनलबाटै बाहिरिएको छ । पहिलो पटक सहभागी अफ्रिकन रुट फाइनल पुगेको हो ।
फेरी उपाधिका लागि शनिवार सङ्कटा क्लब र अफ्रिकन रुट खेल्ने भएका छन् ।