देउवाले भोट हालेको नगरपालिकामा एमालेको जित

506
views

१६ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले भोट हालेको नगरपालिका अमरगढीमा एमाले विजयी भएको छ ।
मेयरमा एमालेका उम्मेदवार विश्वेश्वरप्रसाद ओझाले ३ हजार ७ सय ६८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिदन्द्धी कांग्रेसका डिल्लीराज ओझाले ३ हजार ६४० मत ल्याएका हुन् । यस्तै उपमेयरमा पनि एमालेकै संगिता भण्डारी विजयी भएकी छन् ।