संसद पूनस्थापनको विकल्प छैनः प्रचण्ड

647
views

काठमाडौं, २२, असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद पूनस्थापनाको विकल्प नरहेको बताएका छन् ।

पार्टीका केन्द्रीय सदस्य महादेव यादवको निधनप्रति शोक व्यक्त गर्न जनकपुरधाम पुगेका प्रचण्डले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीति जीवन सुरु गरेका यादव सरकारी जागिर छाडेर तत्कालीन जनमोर्चाको तर्फबाट धनुषाको बालाबाखर गाविसको अध्यक्ष भएका थिए । यादव
लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।