पर्वत सेवा समाज (युएई) को अध्यक्षमा-लामिछाने

1163
views

युएई, २१ असार । पर्वत सेवा समाज (युएई) को पाँचौँ अधिवेशन सम्पन्न भएको छ । दुई बर्षे कार्यकालका लागि अध्यक्ष कमल लामिछाने निर्वाचित भएका छन् । पर्वत सेवा समाजको प्रथम उपाध्यक्षमा पूर्ण भुसाल, उपाध्यक्ष तिलक कुँवर, उपाध्यक्ष राजेन्द्र कार्की, उपाध्यक्ष किशन पुलामी मगर निर्वाचित भएका हुन् ।

यस्ते कार्यसमितिको महासचिवमा तिलक सापकोटा, सचिवमा ऋषिराम सुवेदी, कोषध्यक्ष बिनोद पौडेल, सहसचिव– खुम जी.सी. ‘अविरल’, सह–कोषध्यक्ष सुरज के.सी. निर्वाचित भएका छन् ।

समितिको सदस्यहरुमा नारायण रेग्मी, शालिकराम रिजाल (शिशिर), तुलसी काफ्ले, ऋषिराम रिमाल, जगदीश पौडेल, बेदप्रकाश तिमिल्सिना, नविन थापा क्षेत्री, पुरुषोत्तम रेग्मी, शेर बहादुर (कृष्ण चपाई), संजिव अधिकारी, प्रतिभा अधिकारी निर्वाचित भएको संस्थाका सह–कोषाध्क्ष सुरज केसीले जानकारी दिएका छन् ।