प्रहरीद्धारा गाँजाको बोट नष्ट

436
views

हुम्ला । जिल्ला सदरमुकामा स्थित सिमकोट गाउँपालिकामा प्रहरीद्धारा प्राकृतिकरुपमा बारीमा उम्रीएको गाँजाको बोट नष्ट गरिएको छ ।

सिमकोट गाउँपालिका वडा न ६ स्थित तीनधारा, बिजयहोटल नजिक, रजिङ आरा मिल वरपर र एयरपोर्ट बिमान स्थल भित्रका स्थानहरुमा गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी हो ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक दान सिंह भण्डारीको नेतृत्वमा प्रहरी,जनप्रतिनिधि र स्थानीय बासिन्दा गरि ५० जनाको संयुक्त रुपमा उक्त गाँजा नष्ट गरेको हो ।

सदरमुकाम सिमकोट स्थित प्रहरी जवान परिचालन गरी गाँजा नष्ट अभियान चलाएका छन । गाँजा चरेसका कारण समाजमा विभिन्न किसिमका अपराधिक जस्ता क्रियाकलाप हुने भएकोले गाँजा लगाएत अन्य ठाउँहरुमा पनि तुरुन्तै नस्ट गरिने प्रहरी निरीक्षक भण्डारीले बताए ।

हुम्लामा गाँजा खेती नभएपनि प्राकृतिरुपमा बारीमा उम्रीएको गाँजा सम्भावित स्थानहरुको खोजी गरि प्रहरीले उक्त गाजा खेती नष्ट गरेको हो । गाँजा खेती नष्ट गर्न नेपाल प्रहरी तथा आवश्यक परेमा सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा फौजलाई समेत परिचालन गरिनेछ ।