आफ्नै बाबु र अंकलबाट १६ वर्षिय बालिका बलात्कृत

868
views

पर्वत, २८, साउन । पर्वत जिल्लाको एउटा पालिकामा १६ वर्षे बालिकालाई आफ्नै वावु र अंकलले पालैपालो बलात्कृत गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पीडित बालिकाका बाबुले २०७८ साल जेठ ७ गते र अंकलले २०७८ साल साउन २३ गते जबरजस्ती करणी गरेको भनी पीडितका दाजुले जाहेरी पेश गरेपछि जिल्ला प्रहरी कार्यालय पर्वतले थप अनुसान्धान थालेको छ । 

जवरजस्ती करणी गर्ने बाबु र अंकललाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक राजेन्द्र अधिकारी नेतृत्वको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई पर्वत जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दा शिर्षकमा दशदिनको म्याद थप गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

अनुसन्धान कार्य भईरहेको र गोप्यता राख्नुपर्ने भएकाले पीडित, पीडक र स्थान खुलाइएको छैन् ।