पर्वतमा गाईजात्रा मनाइयो

610
views

पर्वत, ७, भदौ । पर्वतमा गाईजात्रा पर्व मनाइएको छ । विगतका वर्षमा जस्तो जात्रा हेर्न मानिसको भीडभाड नभए पनि थोरै मानिसको उपस्थितमा गाईजात्रा मनाइएको छ ।

कोरोना जोखिम कायम हुँदाहुँदै पनि परम्परा संस्कृति जगेर्ना गर्न उद्देश्यले नेवार समुदायले पर्वतमा गाईजात्रा निकालेका हुन् । आफन्त इष्टमित्र सहित दिवंगत घरबाट गाईजात्रा निकाल्ने परम्परालाई परिवर्तन गर्दै घरपरिवारको सहभागितामा मात्र केही परिवारले गाईजात्रा निकालेका हुन ।

यस वर्ष मृत्यु भएकाका अधिकांश परिवारले घरघरमै गाईजात्रा मनाएका छन् भने केही पक्षले सडकमै गाईजात्रा देखाएका हुन् ।