प्रधानमन्त्रि देउवाले एमसीसी पास गर्न खोजेको भन्दै क्रान्तिकारी माओवादीद्धारा शव र्याली

587
views

नवलपरासी । प्रधानमन्त्रि शेर बहादुर देउवा एमसीसी पास गर्न कम्मर कसेर लागेको भन्दै नेकपा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले प्रधानमन्त्री देउवाको शब र्याली निकालेर पुत्ला जलाएको छ ।

बर्दघाट ४ दिब्यनगर बाट निकालिएको र्याली शान्तिनगर चोकमा पुगेर पुत्ला दहन गरेर कोण सभामा परिणत भएको थियो । एमसीसी सम्झौता खारेज गर, देश बेच्न पाइदैन, नारा लगाउदै पुत्ला जलाइएको छ । शव यात्रामा जुलुसमा शंख्ख समेत बजाइएको थियो ।

प्रधानमन्त्रि देउवाले एमसीसी पास गर्न कम्मर कसेर लागेका छन् यो आफुहरु कदापी हुन नदिने नेकपा क्रान्तिकारी माओवादी जिल्ला सचिवालय सदस्य तथा बर्दघाट नगर इन्चार्ज चुडामणि भण्डारीले बताए ।