पोखरामा विस्तार हुदै क्यालिस्थेनिक्स

379
views

पोखरा, २७, भदौ । पोखरामा क्यालिस्थेनिक्स व्यायाम विस्तारै हुदै गएको छ । क्यालिस्थेनिक्स एक प्रकारको व्यायाम हो । यसमा पोखराका युवाहरु विस्तारै एक भएर आगडी बढ्न थालेका छन् । युवाहरुले बारस्वाड नेपाल क्लब नै बनाएर व्यायाममा लागेका छन् ।

उनीहरुले यस्ता व्यायाम गर्ने क्यलिस्थेनिक्स पार्कहरु पनि निमार्ण गर्दै अगाडी बढेको वारस्वाड नेपालका अध्यक्ष जस्पर गुरुङले जानकारी दिए । उनीहरु युवाहरुलाई प्रशिक्षण समेत दिनै आएको बताए । अमेरिकाबाट शुरु भएको यो व्यायाममा पुल अप, पुस अप, बक्स जम्प, प्यारालल डिप्स, बर्पी, टायर फ्लिक्स र फार्मर्स क्यारी जस्ता खेल कौशल सिकाउने गर्दछन् ।

उनीहरु पोखरामा सन् २०१६ देखी क्यालिस्थेनिक्स गर्दै र सिकाउदै आएको बताए । क्यालिस्थेनिक्स गर्नका लागि पार्क आवश्यक हुने उनको भनाई छ । अहिले पोखरामा करिब एकसय खेलाडी छन् ।

विशेषगरी हातको शक्तिले शारीरिक ब्यायाम गर्नुलाई क्यालिस्थेनिक्स भनिन्छ । यो खेलमा शारीरिक सुगठन र जिम्न्यास्टिक खेलका विशेषता मिश्रित हुने र अहिले साहसिक खेलका रुपमा चिनिन थालेको वारस्वाड नेपालका सदस्य विनेक खड्काले बताए ।

पोखराको मियापाटन, चाउथे, विरौटा, लेकसाइड लगायतका ठाउँमा पार्क बनाएर व्यायाम गर्ने गरेको खड्काले बताए ।

क्यालिस्थेनिक्स व्यायामले जीवनमा धेरै सकारात्मक परिवर्तनहरू ल्याउने गरेको खेलाडी विधान रेग्मीले बताए ।