संसद बैठक अवरोध गर्ने एमालेको तयारी

352
views

काठमाण्डौ, २७, भदौ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएसँगै आज पहिलो पटक प्रतिनिधि सभाको बैठक बस्दै छ । आज बस्ने संसद बैठक अवरोध गर्ने एमालेको तयारी छ । शुक्रवार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच सरकारले प्रतिस्थापन विधेयकबाट बजेट पास गरेको थियो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी अध्यादेश, २०७८ लाई स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ । त्यस्तै रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावसमेत पेस गर्ने कार्यसूची रहेको संसदको सचिवालयले जनाएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ५ वटा अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ । त्यसैगरी कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई वटा र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दुई वटा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठक दिउँसो १ बजे बस्नेछ । सभामुख अग्निप्रसाद सापकोटाले आफूहरुले कारबाही गरेका १४ सांसद्को कारबाही रोकेको भन्दै एमाले असन्तुष्ट छ ।