पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु

565
views

गुल्मी, ६, असोज । गुल्मीमा घरमाथिबाट आएको पहिरोले पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । पहिरोमा परि रेसुंगा नगरपालिका – ८ थुम्का लाईन बस्ने तिलक परियारका तीन छोरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २१ वर्षीय भावना, १४ वर्षीय गंगा र जमुना परियार रहेको प्रहरीले जनाएको छ । मृतक तीन दिदीबहिनी हुन् ।

मंगलबार राति करिब १ बजेको समयमा लेदोसहितको पहिरो खसेर एक तले पक्की घर पुरिँएको हो ।