बाढी पहिरोले र्पुयाएको क्षतिका बारे गृहमन्त्रीद्वारा संसदमा जानकारी

791
views

गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले देशका विभिन्न स्थानहरुमा बाढी पहिरोले र्पुयाएको क्षतिबारे संसदमा जानकारी गराउनुभएको छ ।
बुधबारको संसद बैठकमा गृहमन्त्री शर्माले पर्वत, सिन्धुपाल्चोक, सप्तरी, कास्की, लगायतका जिल्लामा बाढीपहिरोबाट उत्पन्न समस्याको बारेमा जानकारी दिँदै यस्ता घटनाबाट हुनसक्ने क्षति रोक्न सरकारका सबै संयन्त्रहरु चुस्त अवस्थामा रहेको दाबी गर्नुभयो ।
उहाँले बाढी पहिरो लगायत विपत्तिमा परेर ज्यान गुमाएका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने बताउँदै स्थानीय तहको चुनाव गराउन सहयोग गर्ने सबै राजनीतिक दल तथा सुरक्षा निकायलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।
शर्माले दुई नम्बर प्रदेशमा हुने चुनावमा सहयोग गर्न अनुरोध गर्नुभएको छ । विपक्षी दलका तर्फबाट एमालेका नेता राजन भट्टराईले स्थानीय शासन ऐन छिटो पारित गर्न माग गर्नुभएको छ ।