अमेरिकी डलरको भाउ बढ्यो

432
views

काठमाण्डौ । अमेरिकी डलरको भाउ फेरि बढेको छ । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर एक सय २० रुपैयाँ १३ पैसा तोकेको छ ।

हिजो बिक्रीदर एक सय २० रुपैयाँ ०८ पैसा कायम भएको थियो । यसअघि २०७६ चैतमा अमेरिकी डलरको बिक्रीदर एक सय २१ रुपैयाँ ६९ पैसा थियो । त्यसअघि २०७५ असोजमा एक अमेरिकी डलरको बिक्रीदर एक सय २२ रुपैयाँ ६१ पैसा थियो ।

पछिल्ला महिनामा अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा पनि परेको छ । नेपाली रुपैयाँ र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ ।