एमालेमा नेतृत्वको लागि सर्वसम्मतिको प्रयास

341
views

काठमाण्डौं, ११, मंसिर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि सर्वसम्मतिको प्रयास भएको छ । एमालेको आज हुने बन्द सत्रअघि गएराति बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीमा संख्या थप्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको ये प्रस्ताव अनुसार एमालेको कमिटीको आकार ३०१ सदस्यीय बन्नेछ । गएको असोजमा काठमाण्डौको गोदावरीमा भएको विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो । विधान महाधिवेशनले पारित गरेको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्थाबाट अब १९ सदस्यीय पदाधिकारीसहितको हुनेछ ।

नेकपा एमालेको पोलिट ब्युरोको संख्या ९९ र स्थायी कमिटिको संख्या ४५ जनाको हुनेछ । जसमध्ये १ अध्यक्षसहित १ वरिष्ठ उपाध्यक्ष र ६ अरु उपाध्यक्ष रहनेछन् । साथै १ महासचिव र ३ उपमहासचिव रहनेछन् । यस्तै ७ जना सचिव रहनेछन् ।

अब एकै पदमा तीन पटकसम्म उम्मेदवार बन्न पाउने प्रस्ताव पनि बैठकले पारित गरेको छ ।