विप्लव नेतृत्वको नेकपा र जनता पार्टी एकता गर्दै

691
views

बाग्लुङ, ११, मंसिर । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा र अधिवक्ता तिलक बहादुर रिजाल नेतृत्वको जनता पार्टी एकता नजिक पुगेका छन् ।

वर्तमान राजनीतिक व्यवस्था नै जनताको हितमा नरहेको बताउँदै आएका यि दुई पार्टीबीच सहकार्यसँगै एकता गर्नेसम्मको छलफल भएको शुक्रवार दुई पार्टीका अध्यक्षबीचको भेटवार्तापछि सार्वजनिक भएको हो ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जनता पार्टीका सभापति एवं देशभक्त मोर्चाका संयोजक अधिवक्ता तिलक रिजालबीच शुक्रबार बाग्लुङमा डेढघण्टा छलफल भएको थियो ।

छलफलमा राष्ट्रियता, जनजीविकाका समस्या, सहकार्य, नयाँ राजनीतिक निकासको खोजी, सामाजिक, साँस्कृतिक क्रान्ति मार्फत प्रशासनिक र आर्थिक सुधार, उदार समाजवादको लक्ष्य प्राप्तीका अन्य बामपन्थी दलहरुसँग पनि सहकार्य र एकता गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।

दुई नेताबीचको भेटमा नेकपाका मिसन, क्रान्ति, ध्रुव र बागलुङ जिल्ला सेक्रेटेरी छमसेनका साथै छलफलमा जनता पार्टी महामन्त्री चन्द सुर्यको सहभागिता रहेको जनाता पार्टीका सभापति तिलक रिजालले जानकारी दिए ।