कांग्रेस सभापति निर्वाचन : ३१७७ मतगणना हुँदा देउवाले कटाए १५०० मत

473
views

काठमाडौं, २८, मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनमा शेर बहादुर देउवाले १५०० मत पाएका छन् ।

राष्ट्रियसभा गृहमा जारी मतगणनामा हालसम्म ३१७७ मत गणना भएको छ । जारी मतगणनामा शेखर कोइराला ११६४, प्रकाशमान सिंहले २५६ र विमलेन्द्र निधिले १९० मत पाएका छन् ।

कल्याण गुरुङले १६ मत पाएका छन् ।