प्रतिनिधिसभाको बैठक आज बस्दै, संसद अवरोध खुलाउने प्रयास जारी

451
views

काठमाडौं, ६, पुस । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । बैठकमा पेस गर्ने कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

संसदको आजको बैठक पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले चल्न दिनेमा शंका छ । एमालेले दोस्रो पटक संसद पुर्नस्थापना भययता हरेक बैठकमा अवरोध गर्दै आएको छ । आफुले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई निष्कासन नगरेसम्म संसदको अवरोध जारी राख्ने एमालेको अडान छ ।

तर, सभामुख सापकोटा भने नेपाल लगायतका सांसदहरुलाई कारबाहीको सूचना टास्न तयार देखिदैनन् । पूर्व एमाले सांसद भएपनि हाल उहाँहरुले नयाँ पार्टी एकिकृत समाजवादी गठन गरिसकेका छन् ।