स्थानीय चुनावको मिति तोकिएसँगै मतदाता नामावली संकलन कार्य स्थगित

648
views

काठमाडौं, २५, माघ । स्थानीय तहको चुनावको मिति तोकिएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य स्थगित गर्ने भएको छ । आजदेखि नामावली संकलन कार्य बन्द गरिने आयोगले जनाएको छ ।

निर्वाचन ऐनको दफा ४ को उपदफा २ अनुसार चुनावको मिति घोषणा भइसकेपछि चुनावको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न पाइँदैन ।

आयोगले चुनावलाई लक्षित गरी गएको मंसिर १७ गतेदेखि १९ गतेसम्म गाउँपालिका र नगरपालिकास्तरमै नामावली सङ्कलन गरेको थियो । 

मन्त्रिपरिषद्को हिजोको बैठकले स्थानीय तहको चुनाव २०७९ साल वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।