स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुल्यो

465
views

काठमाडौं, ६, चैत्र । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज आइतबारदेखि म्यादी प्रहरीमा भर्ना खुलाइएको छ ।

१८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि यही चैत ११ गतेसम्म निवेदन दिनसक्ने गरी आवेदन खुलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । म्यादी प्रहरीमा भर्ना हुन सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ ।

म्यादी प्रहरीले प्रहरी जवानसरह सुविधा पाउनेछन् । छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ ।

म्यादी प्रहरीले दिनको ७५६ रुपैयाँका दरले तलब पाउँनेछन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ ।