पोखराको मेयरमा आचार्य र उपमेयरमा गुरुङ विजयी

650
views

कास्की, ११, जेठ । पोखरा महानगरपालिका मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापालई ६ हजार ४५ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित भएका हुन् ।

आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८ सय ४८ मत पाए । एकीकृत समाजवादीका आचार्यलाई गठबन्धनले साझा उम्मेदवार बनाएको थियो ।

यस्तै, उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छिन् । ६० हजार ५ सय ४६ मत प्राप्त गरिन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गगरिन् । गुरुङले रानाभाटको भन्दा ३ हजार ८ सय ८३ मत बढी प्राप्त गरिन् ।