अब ४ पालिकाको नतिजा आउन बाँकी

313
views

पर्वत, १२, जेठ । पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म ७ सय ४९ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अब ४ वटा पालिकाको मात्रै अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ ।

काठमाण्डौ महानगरसहित उदयपुरको त्रियुगा, रुपन्देहीको तिलोत्तमा र बाजुराको बुढीगंगाको अन्तिम नतिजा आउन बाँकी छ ।

७ सय ५३ पालिकामध्ये अहिलेसम्म कांग्रेसले तीन सय २७ वटा पालिकाको प्रमुख पद जितेर पहिलो पार्टी बनेको छ । यस्तै एमालेले २ सय ५, माओवादी केन्द्रले १ सय २१, जनता समाजवादी पार्टीले ३०, नेकपा एकीकृत समाजवादीले २० र लोकतान्त्रिक समाजवादी पार्टीले १६ वटा पालिकाको प्रमुख पद जितेका छन् ।

स्वतन्त्र उम्मेदवारले १२ वटा प्रमुख पद जितिसकेका छन् ।