सुन चाँदीको भाउ घट्यो

610
views

जेठ, ३०,काठमाण्डौ । सुन चाँदीको भाउमा आज गिरावट आएको छ । सुन आज ३ सय रुपैयाँले घटेर तोलाको ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदी पनि आज तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।