एसपीपी सम्झौतामा नेपाल सामेल भईसकेको अमेरिकी दूतावासको दाबी

507
views

असार, २ ,काठमाडौं । नेपाल एसपीपीमा सामेल भईसकेको अमेरिकाले दावी गरेको छ । काठमाडौं स्थित अमेरिकी दूतावासले नेपालमा स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी को प्रक्रिया तीन वर्षअघि नै पूरा भएको दाबी गरेको हो ।

दूतावासले बुधबार पत्रकार सम्मेलन नै गरेर नेपाली सेना र अमेरिकाको उटाहा नेसनल गार्डबीच साझेदारी कायम भइसकेको बताएको वताएको छ । अमेरिकी राजदूतावासका नियोग उपप्रमुख म्यानुएल पी मिकलरले एसपीपीमा सामेल हुन नेपालले सन् २०१५ र २०१७ मा निवेदन दिएपछि अमेरिकाले सन् २०१९ मा नेपालको प्रस्ताव स्वीकार गरेको दाबी गरेका छन् ।

उनका अनुसार नेपाली सेना र उटाहा नेसनल गार्डबीच साझेदारी कायम भईसकेकाले थप सम्झौताको आवश्यकता पर्दैन् । एसपीपी सैन्य गठबन्धन होइन भन्दै उनले नेपालकै अनुरोधलाई अमेरिकाले स्वीकार गरेको वताए । यस सम्झौतामा थपघट गर्नुपर्ने कुनै कुरा वाँकी नरहेको दूतावासको भनाइ छ ।

पत्रकार सम्मेलनमा नियोग उपप्रमुख निकलरले एसपीपी मार्फत जनताबीचको सम्बन्ध, कूटनीतिक संलग्नता, सेनाबीचको सहकार्य, व्यापार र समान विचारलाई बलियो बनाइने तथा प्राकृतिक प्रकोप, विपद्, भूकम्प, बाढी, आगलागीजस्ता समस्यामा दुई सेनाबीच सहकार्य हुने वताए ।