उत्तरी आयरल्यान्डसँगको व्यापार विवाद वार्ताबाटै समाधान–प्रधानमन्त्री ट्रस

337
views

एजेन्सी, २३, भदौ । बेलायतकी नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले युरोपेली संघ (ईयू) सँगको वार्ताले उत्तरी आयरल्यान्डमा ब्रेक्जिटपछिको व्यापारको विवाद सुल्झाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

हिजो औपचारिक रूपमा पदभार ग्रहणपछि प्रधानमन्त्रीका रूपमा पहिलो पटक संसदमा सम्बोधन गर्दै उहाँले आफ्नो मुख्य प्राथमिकता नै वार्ताबाट समाधान निकाल्नु रहेको बताउनुभयो । तर उत्तरी आयरल्यान्डको कानुनमा आफूहरुले तय गरेका सबै सर्तहरु पूरा हुनुपर्नेमा उहाँको जोड छ ।

बेलायत सरकारले बेलायत, स्कटल्यान्ड र वेल्सबाट उत्तरी आयरल्यान्डतर्फ जाने सामानमा आन्तरिक सीमा जाँचको विरोध गर्दै आएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले चिन्ता व्यक्त गर्दै आएका बेला बेलायतका नवनियुक्त प्रधानमन्त्री ट्रसले आफ्नो पहिलो प्राथमिकता शान्ति सम्झौताको ‘सर्वोच्चताको रक्षा’ रहेको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

लिज ट्रस अस्ति बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।