अन्ततः हिन्दी ‘प्रेमगीत ३’ लाई सेन्सर अनुमति

586
views

काठमाडौं, ९, असोज । ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपाली फिल्मसरह रिलिज हुँदैछ । लामो रस्साकस्सी र आरोप–प्रत्यारोपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा भोलि (सोमबार) देखि प्रदर्शन हुने भएको हो ।

सञ्चार मन्त्रालयको निर्देशन र कर चुक्ता लगायतको प्रक्रिया फिल्मले पूरा गरेपछि चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सर सिफारिस गरेको छ । निर्माताले सेन्सर सिफारिसको पत्र पनि बुझेका छन् ।

निर्माता चक्रबहादुर चन्दका अनुसार फिल्मको सेन्सर आइतबार अपरान्ह हुने भएको छ । बोर्डले सेन्सर सिफारिस दिनुअघि निर्माता चन्द र सेन्सर बोर्डबीच मन्त्रालयमा छलफल समेत भएको थियो ।

सेन्सरपछि आजै बेलुकादेखि हिन्दी प्रेमगीत ३ को बुकिङ पनि खुलाउने तयारी छ । निर्माता चन्दका अनुसार प्रेमगीत ३ को हिन्दी संस्करण नेपाली फिल्मसरह प्रदर्शन हुनेछ ।

फिल्मले १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन ।