निर्वाचन आयोगले आज उम्मेदवारहरुको नामावली प्रकाशित गर्दै

261
views

काठमाडौं, २५, असोज । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि आज मंगलबार उम्मेदवारको नामावली प्रकाशन गर्दैछ ।

उम्मेदवार विरुद्ध सोमबार परेका उजुरीमाथि मंगलबार दिनभर छानबिन गरेर साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन भोलि बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ ।

बुधबार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन तालिका छ  ।