प्रत्यक्षतर्फका उम्मेदवारलाई आज चुनाव चिन्ह दिने

288
views

काठमाण्डौं, २६, असोज । निर्वाचन आयोगले प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसा १ बजेको समय दिएको छ ।

आयोगका अनुसार मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारलाई आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उमेदवारी फिर्ता लिन सक्ने समय दिएको हो ।

उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उम्मेदवारहरुको अन्तिम नामावली आयोगले आजै सार्वजनिक गर्नेछ ।

आयोगले दिउँसो १ बजेदेखि ३ बजेसम्ममा अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको छ । अन्तिम नामावली प्रकाशन भएसँगै उमेदवारहरुले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् ।

पार्टीका आधिकारिक उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई आजै चिह्न दिनेगरी आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ ।