सामाजिक विकास कार्यालय पर्वतको बार्षिक कार्यक्रम र प्रगति

131
views

 


नवदृष्टि संवाददाता
पर्वत, २७, चैत्र

जिल्लास्थित सामाजिक विकास कार्यालय पर्वतले बार्षिक कामको कार्यप्रगति सार्वजनिक गरेको छ । नेपाल पत्रकार महासंघ पर्वतको आयोजना तथा सामाजिक विकास कार्यालय पर्वतको आर्थिक सहयोगमा जिल्लाको कुश्मा नगरपालिकास्थित हार्नेस जिप लाईन रिर्साेटमा हालै पत्रकारहरुबिच अन्र्तक्रिया कार्यक्रममा कार्यप्रगति तथा बार्षिक कार्याक्रमको बारेमा जानाकारी गराएको हो ।
सामाजिक विकास कार्यालयका प्रमुख टंक प्रसाद ढकालले कार्यालयबाट आव ८०।८१का लागि गरिएको बार्षिक कार्यक्रम र कार्यप्रगतिको बारेमा जानाकारी दिएका थिए ।कार्यक्रममा ढकालले हाल सम्म ३७ प्रतिशत कार्य सम्पन्न भएको बाकी कार्यहरु सम्पन्नहुने चरणमा रहेको बताए । कार्यलयको बिभिन्न क्षेत्रमा चार करोड आठ लाख ९५ हजार रुपया“ बजेट प्राप्त भएको र अन्य रकमको ३७ प्रतिशत काम सम्पन्न भएको अन्य काम सम्पन्नहुनेक्रममा रहेको जनाए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले सबैको साथ सहयोग सरकार चल्ने भएकाले योजना कार्यान्वयनलागि सबैले आ—आफ्नो ठाउ“बाट ईमान्दारीता देखाउनुपर्ने खाचो रहेको बताए । सो कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई पर्वतका प्रमुख उद्धीमराज पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा जिल्लास्थित संचारकर्मीहरुको उपस्थिती रहेको थियो । पत्रकार महासंघ पर्वतसाखाका अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पत्रकार महासंघ पर्वतका सचिव राजबाबु पिसीले गरेका थिए