संकुचित माग राखेर अनसन बस्नुको औचित्य के डा. गोविन्द केसी ज्यू !

1884
views

-बिनोद पोख्रेल
यो देशमा डाक्टरहरु मात्रै स्वास्थ्य क्षेत्रका हिमायती हुन भन्नेगरी जसरी बुझिएको छ, यो पूर्णतया गलत बुझाई हो । डाक्टर गोबिन्द केसी धेरै पटक अनसन बसेपनी उनको माग सँकुचित रहेको छ । उनको माग समग्र स्वास्थ्य क्षेत्र सुधारको लागि हुनुपर्नेमा उनी चिकित्सा क्षेत्रमा मात्रै अल्मलिएका छन् । ‘नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धि हकको मर्म अनुसार विधेयकको नाम राष्ट्रिय स्वास्थ्य शिक्षा विधेयक, २०७३ हनुपर्दछ । यो देशमा डाक्टरहरु मात्रै स्वास्थ्य क्षेत्रका हिमाएती हुन भन्नेगरी जसरी बुझिएको छ । चिकित्सा विधेयक जसरी अघिसारिएको छ यसले समग्र स्वास्थ्य शिक्षा क्षेत्रमा समस्या समाधान गर्नुको साटो झनै भद्रगोल सिर्जना हुने निश्चितै छ । चिकित्सा विधेयकले मात्रै समग्र जनस्वास्थ्य, फार्मेसी,डण्टल, नर्सिङ लगाएत स्वास्थ्यका सम्पूर्ण क्षेत्रहरूलाई समेटेको छैन् । जो ठूलो कमजोरी हो । जसले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा मौलाईरहेको माफियातन्त्र र भ्रष्टाचार निर्मुल हुने संभावना छैन ।
स्वास्थ्य क्षेत्रमा प्रमुख भनेकै जनस्वास्थ्य (Public Health) हो भने उपचारात्मक सेवा डाक्टरहरुले सेवा दिने) जनस्वास्थ्य भित्रको एक ब्रान्च मात्रै हो । जवसम्म जनस्वास्थ्य विषयलाई हामिले महत्त्व दिदैनौ तवसम्म नेपालको स्वास्थ्य प्रणाली सुध्रिनेवाला छैन् । तर नेपालमा ठकि उल्टो बुझाई छ ।हो यहि उल्टो बुझाईले नेपालमा चिकित्सा क्षेत्र माफियाहरुको लुट्ने भाडो बनिरहेको छ । गरिव जनताहरुलाई सुचनाको हकबाट समेत बन्चित गराई लुटिरहेका छन् ।
प्रस्तावित चिकित्सा विधेयकमा संसोधन गर्दै स्वास्थ्यका सम्पूर्ण संकाय तथा क्षेत्रको मागहरुलाई सम्बोधन गरेर प्रस्तावित विधेयक समावेशी बनाउनु जरुरी छ । डाक्टरहरु गोबिन्द केसीले यो विषय गम्भीर भएर सोचुन हामी सम्पूर्ण जनस्वास्थ्यकर्मिहरु सडकमा उत्रन तब तयार हुनेछौं । अन्यथा देशको केन्द्रिय अस्पतालमा पटक पटक (११ चोटी) अनशन बसि जबर्जस्त चिकित्सकहरुको माग मात्र ऐनमा समेटियो भने सम्पूर्ण जनस्वास्थ्यकर्मिहरुले प्रतिबाद गर्नु को बिकल्प हुनेछैन ।