चिकित्सा शिक्षा विधेयक संसदीय समितिबाट पास

530
views

काठमाडौं, २७ साउन । स्वास्थ्य अवस्था नाजुक बन्दै गएका डा. गोविनद केसीको अनशन १९ औं दिनमा पुगेको छ । महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिले चिकित्सा शिक्षा विधेयक पास गरेको छ । पारीत विधेयक छलफलका लागि संसदमा पेस गरिनेछ । समितिको शुक्रबारको बैठकले विधेयक पास गर्दै अनशनरत डा. गोविन्द केसीलाई अनसन तोड्न समेत आग्रह गरेको छ । डा. केसी चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् । अब सरकार र डा. केसीका प्रतिनिधिबीच वार्ता हुनेछ । विधेयक पास भए पनि अन्य मागका विषयमा वार्तामा छलफल हुने बताइएको छ ।