रसुवा– काठमाडौं सम्पर्क समितिले सम्मान कार्यक्रम गर्ने

633
views

रसुवा, ३, भदौ । नेपाली कांग्रेस रसुवा काठमाडौं सम्पर्क समितिले रसुवा बाट SEE परिक्षा २०७४ मा A+ र A ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ । सम्र्पक समितिले यहि भाद्र १७ गते सम्मान कार्यक्रम गर्ने भएको छ । सम्पर्क समितिका सभापति प्रेम पौडेलको अध्यक्षतामा आज बसेको बैठकले रसुवाबाट दुइ श्रेणीमा उत्र्तिण विद्यार्थीहरुलाई आर्थिक, छात्रवृत्ति र सम्मान पत्र प्रदान गर्न लागिएको जानकारी दिनुभयो । आजकै बैठकले बाढिपहिरो पीडितलाई राहत स्वरुप प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्ने निर्णय समेत गरेको छ । त्यस्तै लामो समय देखी कांग्रेसको राजनीतिमा लागिरहनु भएका जुझारु युवा शैलेश पौडेललाई समितिको उपाध्यक्षमा निर्बिरोध मनोनयन गरेको सम्पर्क समितिका सचिव उत्तम पौडेलले जानकारी दिनु भयो ।