रफाईल नदाल युएस ओपन टेनिस प्रतियोगिताको फाइनलमा

858
views

न्यूयोर्क,२४ भदौ । शीर्ष वरियताका रफाईल नदाल युएस ओपन टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फको फाइनलमा प्रवेश गरेका छन् ।
शनिबार बिहान भएको सेमिफाइनलमा नदालले २३ औं वरियताका अर्जे्न्टिनी प्रतिश्पर्धी जुवान मार्टिन डेल पोत्रोलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
पहिलो सेट ४–६ ले गुमाएका नदालले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका सेट ६–०, ६–२ र ६–२ ले आफ्नो पक्षमा पारे ।
उनले अब फाइनलमा दक्षिण अफ्रिकाका केविन एन्डर्सनसँग प्रतिश्पर्धा गर्नेछन् । २८ औं वरियताका एन्डर्सनले १२ औं वरियताका स्पेनिस पाबलो कार्रेनो बुस्तालाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।