१ रुपैयाँमा एनसेलको पीआरबीटी सेवा 

2611
views

काठमाडौ, २, बैशाख । एनसेलका सबै ग्राहकले अब कर सहित मात्र १ रुपैयाँमा पीआरबीटी सेवाको मज्जा लिन सक्ने भएका छन् । देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा आफ्ना ग्राहकका लागि पीआरबीटी र टोन सेवामा दुई नयाँ संस्करण ल्याएको हो ।

यो भन्दा अगाडी पीआरबीटी टोन सेवा ३० दिनको समयावधिमा मात्र उपलब्ध थियो भने अब ग्राहकले यो सेवा दैनिक तथा साप्ताहिक रुपमा लिन सक्ने भएको छ ।

यो अफर बिहीबार (चैत्र ३१) देखि लागु भएको कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत एनसेलका सबै ग्राहकले एक दिन र एक हप्ता समयावधि भएको पीआरबीटी र टोन सेवा सुचारु गर्न सक्ने भएका छन् ।

पीआरबीटी सेवा अन्तर्गत एनसेलका ग्राहकले आफ्नो रोजाइको लोकप्रिय टोन तथा गीतहरुलाई आफ्नो रिङ ब्याक टोन बनाउन सक्ने र साथीभाईले कल गर्दा उक्त टोन तथा गीत सुन्न सक्ने जनाइएको छ ।

लोकप्रिय नेपाली तथा अन्तर्रा्ष्ट्रिय गीत संगीतहरुको सुचिबाट ग्राहकले आफुले रुचाएको गीत तथा टोनलाई आफ्नो रिङ ब्याक टोन बनाउन सक्ने पनि जनायएको छ । यो अफरसँगै एनसेलका ग्राहकले अब १ दिन समयावधिको पीआरबीटी र टोन सेवा कर सहित मात्र १ रुपैयाँमा सुचारु गर्न सक्ने कम्पनीले जनाएको हो । त्यस्तै एक हप्ता समयावधि भएको पीआरबीटी र टोन सेवा कर सहित ५ रुपैयाँमा सुचारु गर्न सक्ने जनाइएको छ ।

ग्राहकले ‘१७११७’ डायल गरि प्राप्त निर्देशन अनुसार पीआरबीटी सेवा तथा टोन सेवा सुचारु गर्न सक्ने जनाइएको छ । त्यस्तै ग्राहकले ‘एस्ट्रिक१७११७ह्यास’ डायल गरी प्राप्त निर्देशन अनुसार गीत तथा टोनको सुचिबाट आफ्नो रोजाइको रिङ ब्याक टोन राख्न सक्नेछन् । ‘पीआरबीटी सेवा हाम्रा ग्राहकबीच एक मनपर्ने सेवाको रुपमा रहँदै आएको छ, दुई नयाँ संस्करणका साथ ग्राहकलाई पीआरबटिी सेवामा पनि छनोटको विकल्प ल्याउन पाउँदा हामी निकै हर्षित छौ,’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्मा भन्छन् । दैनिक र साप्ताहिक पीआरबीटी र टोन सेवा स्वतः नविकरण हुने कम्पनीले जनाएको छ ।

साप्ताहिक सेवा लिएका ग्राहकलाई समयसीमा सकिनु दुई दिन अगावै नविकरणका बारेमा सुचित गराइने, ग्राहकले अंग्रेजीमा ‘आर’ लेखि १७११७ मा एसएमएस पठाई यो सेवा निष्क्रिय गर्न सक्नेछन् । यो नयाँ वर्षको अवसरमा ल्याइएको यो अफर १५ दिनको लागि मान्य हुनेछ ।