गरीब बालबालिकालाई आर्थिक सहयोग

778
views

बेनी १४, भदौ । शिक्षााट बञ्चित गरीब बालबालिकाले सहयोग पाएका छन् । बेनी नगरपालिका ६ भरालेका बालबालिकाले काठमाण्डौंको शिखर अर्गनाइजेशन लिमिटेडबाट सहयोग पाएका हुन् ।

बेनीमा रहेको माउन्ट ऐभरेष्ट आवसिय माध्यमिक विद्यालय र शिखर विच तिन बालबालिकालाई कक्षा १२ सम्मको पठनपाठनका लागि आवश्यक पर्ने सम्पूर्ण खर्च ब्यहोर्ने गरि सम्झौता भएको शिखरका गण्डकी, धौलागिरि प्रमुख शुसिल बानियाँले बताए ।

सहयोग पाउनेमा ८ बर्षीया इश्वरी बानियाँ, ६ वर्षकी सरस्वती बानियाँ र ४ वर्षका गणेश बानियाँले सहयोग पाएकाहुन् । तिन बालबालिका मध्ये एकजनाको मासिक शुल्क निशुल्क र होस्टेल खर्चमा २५ प्रतिशत छुट विद्यालयले दिने सञ्चालक सदस्य रमेश गिरिले बताए ।