नेपालगञ्जमा पश्चिम नेपालकै ठुलो डेरी उद्योग सञ्चालन

660
views

नेपालगञ्ज, ५, फागुन । नेपालगञ्जमा पश्चिम नेपालकै सबैभन्दा बढी लगानी भएको डेरी उद्योग सञ्चालनमा आएको छ । नेपालगञ्ज–२२, पुरैनीमा नौ करोड रुपैयाँको लगानीमा ‘एसके डेरी इण्डस्ट्रिज प्रालि’ सोमवारबाट सञ्चालनमा आएको हो । बाँकेको व्यवसायिक क्षेत्रमा पहिलेदेखिनै सक्रिय सरोज पाण्डेले सो उद्योग सञ्चालनमा ल्याएका हुन् ।

उद्योगको प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले उदघाटन गरेका छन । प्रदेश पाँचमा कृषि उत्पादनलाई सरकारले उच्च प्राथमिकता दिएको मुख्यमन्त्री शंकर पोखरेलले बताए ।

साढे पाँच कठ्ठा जग्गामा स्थापना भएको सो डेरी उद्योगबाट दैनिक १५ हजार लिटर दूध प्रशोधन गरेर बिक्री वितरण गरिने उद्योगका संचालक सरोज पाण्डेले जानकारी दिए ।

‘यसका लागि बर्दियास्थित भगवती डेरीसंग सहकार्य गरिएको छ ।’–पाण्डेले भने ‘उद्योगमा भारतका एचएमटी र गोमा कम्पनीका प्लान्ट लगाइएको छ । ‘नेपालगञ्जमा गुणस्तरीय दुग्ध पदार्थ विक्री गर्छौ । दूधको गुणस्तरमा कुनै समस्या नआओस् भनेर उच्च्स्तरीय मेशनरी सामाग्रीको प्रयोग गरेका छौं ।’ एसके डेरी उद्योगले रोयल च्वाइस ब्राण्डमा दूधका उत्पादन बजारमा ल्याएको छ । सो उद्योगबाट दूधका अतिरिक्त पनिर, बटर, दही, घिउ, चिज र आइसक्रिम उत्पादन हुनेछ ।