काठमाडौंका तीनमध्ये २ जनाको रिपोर्ट पोजेटिभ

553
views

काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका तीन जनामा दुईजनाको रिर्पोट पोजेटिभ आएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार दुई जनामा संक्रमण पुष्टि भएको र एक जनाको रिपोर्ट साँझ मात्र आउने छ ।

उनीहरु बेलायतबाट फर्केर काठमाडौंमा बसेका थिए । उनीहरुलाई सोमबार पाटन अस्पतालको आइसुलेसनमा लगिएको थियो । उनीहरु एकै परिवारका ८१ वर्षीया वृद्धा आमा सहित ५८ छोरा र ५६ वर्षीया बुहारी रहेका छन् ।