सिन्धुपाल्चोक पहिरोमा १३ घर पुरिए, पाँच घरपरिवार सम्पर्कविहिन

701
views

सिन्धुपाल्चोक, ३०, साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा १३ घर पुरिएका छन् । शुक्रबार बिहान साढे ६ बजे पहिरोले १३ घर पुरिएको हो । पहिरोले ’१३ घर केही नदेखिने गरी पुरिएको र ५ घरका परिवार सम्पर्कविहिन रहेको जुगल गाउँपालिकाले जनाएको छ ।

नेपालका अनुसार सामान्य घाइते भएर निस्कन सक्नेहरु १५ जना निस्किएर लप्सेचौर भन्ने स्थानमा गएर बसेका छन् । अन्य घाइतेहरुलाई निकाल्न सकिने अवस्था नभएकाले हेलिकोप्टरको प्रयास भइरहेको छ ।

सम्पर्कविहिन भएका ५ घरमा कति जना थिए भन्ने यकिन भएको छैन । घटनास्थलमा उद्दारको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।