ह्यारी दम्पतीको मान पदवी खारेज

605
views

एजेन्सी । बेलायती राजकुमार ह्यारी दम्पतीको मान पदवी खारेज भएको छ । बेलायत कि महारानी एलिजावेथ द्वितीयले राजकीय सदस्यबाट हटाउँदै राजकुमार ह्यारी र उनकी श्रीमती मेघन मर्केलको मान पदवी खारेज भएको घोषणा गरेकी हुन् ।

महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पतीसँग बेलायती राजपरिवारको अब राजनीतिक तथा सार्वजनिक सम्बन्ध नरहेको बताएकी छिन ।

राजपरिवारको सदस्यका रूपमा अब दुबै जनाको कुनै जिम्मेवारी, दायित्व, अधिकार तथा भूमिका पनि नहुने दरबारले स्पष्ट पारेको छ । बेलायती बकिङ्घम दरबारले हालसम्म विचाराधीन अवस्थामै राखेको मान पदवी खारेज भएको घोषणा गरेको हो ।

दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहेकी राजकुमार ह्यारीकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्विकार गरेपछि दुबैको पदवी गुमेको हो ।

मान पदवी खारेजको घोषणालाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय मानिएको छ । केही महिना अगाडि ह्यारी दम्पती मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरेका थिए । हलिउड अभिनेत्री मेघनसँग प्रेम सम्बन्ध विवाहमा परिणत भएदेखि नै ह्यारी दरबारसँग टाढिदै गएका थिए ।