फोरमलाई सरकारमा सहभागी गराउन संविधान संशोधन गरे राष्ट्रघाती कदम–नेकपा मसाल

717
views

काठमाडौँ, १० फागुन । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले केपी ओली सरकारले फोरमलाई सरकारमा सामेल गराउनकै लागि संविधान संशोधन गरे त्यो राष्ट्रघाती कदम हुने बताएका छन् ।

महामन्त्री सिंहले एक विज्ञप्ती निकाल्दै संविधान संशोधन गर्न नहुने सुझाएका छन् । महामन्त्री सिंहले दोस्रो संविधान संशोधनको बेला एमालेले त्यसका विरुद्ध दृढ संकल्प गरेकाले आफुहरुले पनि त्यसलाई समर्थन गरेको बताउदै वर्तमान सरकारलाई खुट्टा नकमाउन आग्रह गरेका छन् ।

सिंहले भनेका छन–प्रथम संविधान संशोधनका बेलामा ओलीको सरकारले सम्झौता परस्त नीति अपनाएर त्यसलाई पारित गराएको थियो । तर दोस्रो संविधान संशोधनका बेलामा त्यसले त्यसका विरुद्ध दृढ नीति अपनाएको थियो ।

एमालेले दोस्रो संविधान संशोधन, भारतीय नाकाबन्दी, भारतका कतिपय हस्तक्षेपकारी नीतिहरुका विरुद्ध तथा चीनसितको सम्बन्ध विस्तारको पक्षमा स्पष्ट अडान लिएको थियो । एमाले र माओवादीका त्यस प्रकारका नीति र भूमिकालाई हाम्रो पार्टीले समर्थन गरेको थियो ।

उनीका त्यस प्रकारका नीति र भूमिकाका कारणले नै चुनावमा उनीहरुले जनताबाट ठूलो समर्थन प्राप्त भएको थियो । उनीहरुको त्यस प्रकारको पूर्व नीति वा अडानमा पुनः विचलन आउने छैन भन्ने हामीले आशा गरेका छौं ।