नुवाकोटको साँस्कृतिक महत्त्व: सिंदुरे जात्रा

950
views

रिना खनाल । नेपालको ऐतिहासिक तथा धार्मिक रूपले सुपरिचित स्थलहरूमध्ये एक हो नुवाकोट नेपालको इतिहासका पानाहरू पल्टाउँदा एकपटक पुग्नैपर्ने स्थल हो नुवाकोट

नुवाकोट डाँडा प्राचीनकालीन ऋषिमुनिको बसोबासस्थल थियो त्यसैले यो ठाउँलाईऋषिपतनपनि भनिन्थ्यो नुवाकोट पौराणिक हुनुका साथै ऐतिहासिकस्थल रहँदै आयो मध्यकालको पूर्वाद्धमा सामरिक दृष्टिले सुरक्षित प्रदेश बस्ती बसाउने लहर चलेका बेला नुवाकोटलाई मूलकोटको रूपमा लिएर वरपरका कोटहरूलाई सम्मिलित गरी सञ्चालन गरियो मूलकोट भएको हुँदा यो ठाउँले नवकोट, नुहाकोट, नवक्वाठ, नौकोट हुँदै नुवाकोट नामले प्रसिद्धि कमायो वरिपरिका कोटहरूमध्ये बेलकोट, भैरुमकोट, सिमलकोट, मालाकोट, धुवाकोट, कालिकाकोट, धैबुङकोट, सल्यानकोट प्यासकोट हुन्

यहाँका अनेकौं देवीदेवता, सांस्कृतिक रीतिरिवाज, कलात्मक मन्दिर, ऐतिहासिक गाथा, पुरातात्विक दरबार, प्राचीन वस्तुहरू भूकम्पले ध्वस्त बनायो तर, पनि यी स्थल स्वदेशी तथा विदेशी पर्यटकहरूको ध्यान तान्न अझै सक्षम छन् यस्ता सामरिक महत्वका क्षेत्रलाई पर्यटकीयस्थलको रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना आधारहरू जीवितै छन् नुवाकोटलाई धार्मिक एवं सांस्कृतिक निधिको रूपमा पनि हेर्न सकिन्छ यहाँ अनेकौं देवीदेवताका स्थलहरू छन्

काठमाडौंलाई मन्दिरै मन्दिरको शहर भनेजस्तै नुवाकोटलाई पनि मन्दिरै मन्दिरको गाउँ भन्न सकिन्छ यहाँ देवी भैरवी, तुलजा भवानी, नारायण, विष्णु, खाल्टादेवी, भगवती, सरस्वती, नाट्यश्वरी, बूढीभैरवी, भीमसेन, गणेश, महादेव, भैरव, गोरखनाथ, कालिका, मालिकालगायत थुप्रै देवताहरू छन् त्यस्तै बौद्ध बिहार पनि छन् यी देवतामध्ये देवी भैरवी सबैभन्दा ठूलो साथै, यो कलात्मक पनि

नेपालको इतिहासमा उल्लेख भएअनुसार साततले दरबारको दक्षिणतर्फ रहेको माता भैरवीलाई देशको रक्षक मानिन्छ नेपालचीन युद्घ हुँदा रणबहादुर शाहले भैरवीको आराधना गरेका दैवीशक्तिका कारण युद्धमा विजय प्राप्त गरेको भन्ने विश्वास इतिहासका ज्ञाताहरूले गर्दै आएका छन् यही जितका कारण रणबहादुरले मन्दिरमा सुनको जलप लगाइएको छाना गजुर चढाएको मानिँदै आएको बहादुर शाहले मन्दिरको प्रवेशद्वारमा सुनको जलप लगाइएको ढोका चढाएका थिए भन्ने विश्वास पनि गरिन्छ

भैरवीको सिन्दुर यात्रा सांस्कृतिक रूपले अपरम्पार देवी जात्रा अर्थात् सिन्दुरे जात्रालाई यो क्षेत्रमा विशेष महत्वसाथ हेरिन्छ हरेक चैत्रशुक्ल पूर्णिमाका दिन सिन्दुरे जात्रा धुमधाम साथ मनाइन्छ यो जात्रा फागु पूर्णिमादेखि शुरु भएर महिनासम्म चलिरहन्छ फागु पूर्णिमाको दिनदेखि जात्राको तयारी गरिन्छ , यो दिनदेखि पुजारीहरूले जहाँ पायो त्यहाँ खाँदैनन् यो जात्रा चलिरहँदा नारायण जात्रा पनि धुमधामका साथ मनाइन्छ यो जात्रा घोडे जात्राको दिन त्यसको भालिपल्ट गरेर दुई दिन चल्छ अघिल्लो दिन नारायण देवता बेसी जाने भोलिपल्ट नारायण देवता बेसीबाट फर्कन्छन्

सिन्दुरे यात्रालाई प्रत्येक वर्ष परम्परागत रूपमा सञ्चालन गर्नका लागि धामी (भैरवी मन्दिरका पुजारी) धमिनीका साथै द्वारे (सरकारका प्रतिनिधि), कुमार, गणेश तथा गुठियारहरूको व्यवस्था हँुदै आएको विसं. १८०१ मा नुवाकोट विजय गर्नुअघि यहाँहाकुद्योनाम गरेका धामी थिए हालका धामी हरिमानसिं डंगोल उनका बाह्रौं पुस्ताका हुन् परम्परागत धार्मिक कार्यहरूमा पहिरिने विशेष खालको पोशाक हरेक १२ वर्षमा परिवर्तन गरिने प्रचलन रहेअनुसार पोशाक परिवर्तन गरिएको हो ७८ वर्षीय धामीको यो पटकसँगै १२ वर्षे पोशाक छैटौं पटक परिवर्तन गरिएको हो धामीले लगाउँदै आएको उक्त पोशाक राष्ट्र प्रमुखको हातबाट नयाँ परिवर्तन गर्ने परम्पराअनुसार गत माघ १३ गते राष्ट्रपतिको अनुमतिमा निवृत्तिभरण व्यवस्था कार्यालयमार्फत नयाँ पोशाकका साथै गहनालगायत पहिरन परिवर्तन गरिएको हो राष्ट्रप्रमुखको अनुमतिबिना नुवाकोटको त्रिशूली, सामरी, तादी, लिखु नदी पार गर्न नहुने प्रचलन यो प्रचलन मल्लकालीन समयभन्दा अघिदेखि रहेको स्थानीयहरू बताउँछन्

चैत्र शुक्ल पूर्णिमाका दिन बेलुका धामीको स्नान कार्यसँगै जात्रा मुख्य विधिबाट शुरु हुन्छ बन्दुक पड्केको विशेष साइतमा स्नान कार्य गरेपछि धामीलाई पोशाक पहिराइन्छ सुनौला मुकुट, गहना, बाला, चाँदीको पेटी, डमरु पात्र, भोटो जामा आदि वेशभूषामा धामी निकै भव्य आकर्षक देखिन्छन् त्यसपछि धामी आफ्नो निवासमा सगुन लिएर बाहिर निस्की दौडेर द्वारेको घरमा पुग्छन् धामी दौडेको दृश्य रमाइलो केही डरलाग्दो देखिन्छ तान्त्रिक विधिद्घारा बज्राचार्यले मन्त्रोचारण गर्ने तदनुसार गुठियारद्वारा धामीलाई पूजा गर्ने गरिन्छ , बज्राचार्यद्वारा धामीधमिनीमा भैरवभैरवी चढाउने विधि गरिन्छ

यसप्रकार धामीधमिनी देवीको रूप धारण भइसकेपछि काँप्न थाल्छन् भैरवलाई चढाइएको महाबलिको जाँड पिउन धामी निकै डरलाग्दोसँग झम्टिन्छन् यसपछि मन्त्रोन्चारणका साथ बज्राचार्यले धामीलाई गाजल लगाइदिन्छन् महाबलिको कार्य सम्पन्न भइसकेपछि बूढी भैरवी (देवी भैरवीकी आमा) भैरवी मन्दिरको पछाडि एकएकवटा लिंगो गाड्ने गरिन्छ लिंगो गाड्ने ठाउँ स्थायी , जुन लिंगोको लम्बाइअनुसार त्यति गहिरो छैन

पहिले लिंगो गाड्ने काम स्थानीय व्यक्तिहरूबाट हुन्थ्यो केही वर्षदेखि नेपाली सेनाद्वारा गाड्ने गरिएको सामान्य बुद्घि लगाएर लिंगो गाड्न सकिँदैन लिंगो गाड्ने बेलामा धामी खाल्टोसँगै भैरवीको रूप धारण गरी आसन जमाएर बसिरहनु पर्छ यो अवधि धामीका लागि कष्टकर हुन्छ तर, भैरवीको शक्तिका कारण केही नहुने विश्वास गरिन्छ यो लिंगोहरू वैशाख कृष्ण नवमी दशमीका दिन क्रमशः ढालिन्छ

प्रतिपदाको दिन धामीलाई गणेशको घरमा भोज खुवाइन्छ त्यसपछि द्वारेद्वारा धमिनीलाई साततले दरवारको बैठक कक्षमा वस्त्र प्रदान गरिन्छ हाल साततले दरबार भूकम्पले क्षति पुगेर टेकोको भरमा अड्याएर राखिएकाले त्यस दरबार बाहिर प्रदान गरिने गरिएको धामी, कुमार, गणेश अन्य खलकीहरूलाई पगरी (फेटा) दिइन्छ जात्रा सकिएपछि गणेशलाई प्रदान गरिएको पगरी फिर्ता लिइन्छ धामीधमिनी आफ्नो निवासतर्फ लाग्छन् केही बेरपछि विशेष बाजागाजा साथ धामीधमिनी गणहरूलाई तलेजु मन्दिरतर्फ लगिन्छ तलेजु भवानी भूकम्पले तहसनहस बनाएपछि बर्खाको पानीले ढलेको यसले गर्दा बाहिर कटेज बनाएर राखिएको त्यहाँ बज्राचार्यद्वारा आवश्यक पूजाआजा गर्ने कार्य सकिएपछि यो जात्रा भैरवी मन्दिरदेखि दक्षिणपश्चिमपट्टि देवीघाट (जालपा मन्दिर)तर्फ प्रस्थान गर्छन् खटमा भैरवभैरवी अष्टमातृकाका मूर्तिहरू राखिएका हुन्छन् त्यो खटलाई लच्याङका तामाङहरूले बोक्छन् गत वर्ष भैरवी गुठीका गुठियार रहेका लत्याङबासीले रथ बोक्न अस्वीकार गरेपछि नेपाली सेनाले रथ बोकेका थिए लच्याङबासीले आफूहरूले भोकचलन गर्दै आएको गुठी जग्गा रैकर गरिनु पर्ने तथा आफ्नो नाममा जग्गाधनी पुर्जा बनाइनुपर्ने माग गर्दै रथ बोक्न अस्वीकार गरेपछि सदियौंदेखिको प्रचलन तोडिएको हो यो यात्रा धरमपानी, बट्टार, माझीटार ठूलो बगैंचा हुँदै देवीघाटमा पु¥याइन्छ देवीघाटमा बज्राचार्यद्वारा विशेष अनुष्ठान गरी राति धामीलाई राँगा, बोकाको भोग दिइन्छ अन्त्यमा माछाको भोग दिइन्छ

देवता चढेका धामीबाट आउँदो सालको भविष्यवाणी हुन्छ यो भविष्यवाणी सुन्ने अवसर गुभाजु, द्वारे, बाह्रभाइ खलक आदिलाई मात्र प्राप्त हुन्छ उल्लेखनीय वाणीलाई पहिले राजदरबारमा द्वारे (महेन्द्रकुमार शाही)मार्फत पु¥याइन्थ्यो भने हाल राष्ट्रप्रमुखसमक्ष पु¥याउने गरिन्छ

देवीघाटको मेला सकिएपछि धामीधमिनीलगायत अन्य गणहरू बाजागाजासाथ रमाइलो यात्रा गर्दै नुवाकोट डाँडातर्फ लाग्छन् माझीटार, बट्टार हुँदै नुवाकोटको धरमपानीमा पुगेपछि धामीधमिनीको पूजा गरिन्छ भोज खुवाइन्छ भोलिपल्ट अथवा द्वितीयाको दिन दिउँसो बजेतिर जिल्लाका सरकारी कार्यालय प्रमुखहरूको उपस्थितिमा दुई सलामी ( निशान झन्डा भैरवी सलामी) बढाइँ दिइन्छ त्यस्तै, साततले दरबार अगाडि तलेजु भवानीमा पनि सलामी बढाइँ गरिन्छ बढाइँ सकिएपछि रथ उठाएर धामीधमिनीको यात्राका साथ सैनिकहरूको संलग्नतामा बन्दुकको आवाजमा बाजागाजासहित धुमधामसँग यात्रा गर्दै धरमपानीबाट तलेजु भवानीको मन्दिरतर्फ लागिन्छ

यो यात्रा देवी भैरवी मन्दिरेनर महेश मर्दिनी मन्दिर पुगेपछि धमिनीलाई सिन्दुर हालिन्छ यसले सिन्दुरे जात्राको रूप लिन्छ तलेजुको कार्यक्रम सकिएपछि त्यो समूह पुनः भैरवी स्थानतर्फ फर्कन्छ रथलाई भैरवी मन्दिरको पछाडि डबलीमा राखेपछि धामीधमिनी आफ्नो निवासमा भित्रिन्छन् भोलिपल्ट अर्थात् बिहान झिसमिसे हुँदा डबलीमा धामीलाई सरकारी वकिलतर्फबाट विशेष भोग ख्वाउने गरिन्छ यो अवसरमा बढाइँ गरिन्छ देवताको रूप धारण गरेका धामीले राँगा, बोकाका रगत पिउँछन् रगत पिउन धामी डरलाग्दो गरी झम्टिन्छन्

वैशाख कृष्ण अष्टमीका दिन बाहिर खटमा रहेका देवीदेवताका मूर्तिहरूलाई मन्दिरमा पुनस्र्थापन गरिन्छ बाह्रभाइ खलकीद्वारा मन्दिरमा क्षमा पूजा समापन भएपछि देवी जात्रा समाप्त हुन्छ यसपछि पनि साना जात्रा भइरहन्छन् देवी जात्रा तान्त्रिक विधिद्वारा मनुष्यमा दैवीशक्ति धारण गर्ने काम सफल भएको खुशियालीमा उत्सवको रूपमा मनाइने परम्परा सिन्दुरे जात्रा कहिलेदेखि मनाउन थालिएको हो भन्ने यकिन प्रमाण भने भेटिएको छैन

यो जात्रा हेर्न स्थानीय समुदाय तथा विदेशीको ठूलै भीड लाग्छ जात्राले मनोरञ्जन दिनुका साथै केही डरसमेत सिर्जना गर्छ अहिलेको परिप्रेक्ष्यमा सिन्दुरे जात्रालाई राज्यस्तरबाट नै विशेष महत्व दिनुपर्नेमा स्थानीयको जोड