भारतीय नागरिक संघले यसरी मनायो भारतको ७० औं स्वतन्त्रता दिवस

896
views

काठमाडौं । नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरुको संस्था भारतीय नागरिक संघले शनिवार काठमाडौंमा भारत महोत्सवको आयोजना गरेको छ ।

संघले ७० औं स्वतन्त्रता दिवसको अवसर पारेर भारतीय राजदुतावासको सहकार्यमा सो कार्यक्रमको आयोजना गरेको हो ।

स्वतन्त्रता दिवस कार्यक्रमको उद्घाटन भारतीय राजदुत श्री मञ्जीव पुरीले गरेका थिए ।

कार्यक्रममा भारतको कोलकाताको किनकिनी नृत्य समुहको प्रस्तुती रहनुका साथै नेपालको डिएभी स्कुलको समेत प्रस्तुती रहेको थियो ।