अब ‘फेसबुक लाइभ’ गर्नेलाई कडाइ गरिने

1207
views

काठमाण्डाै, २१, बैशाख ।  अबदेखि ‘फेसबुक लाइभ’ गर्नेलाई कडाइ गरिने भएको छ । त्यसको लागि फेसबुकले तीन हजार जना थप कर्मचारी राखिने भएको छ । घृणायुक्त टिप्पणी, बाल र्दुव्यवहार तथा आफैंलाई नोक्सानी पुर्याइएका घटना फेसबुकमार्फत प्रसारण हुन थालेकाले नियन्त्रण गर्न अनुगमन कडा पार्न नयाँ कर्मचारी थप्न लागिएको फेसबुकले जनाएको छ । फेसबुकका प्रमुख कार्यकारी मार्क जुकर्बर्गले मानिसहरुले फेसबुक लाइभमार्फत आफैंलाई अनि अरुलाई नोक्सानी पुर्याएको घटना प्रसारण भएको हेर्नु पर्दा आफ्नो मन कुँडिएको बताएका छन् । उनले त्यस्ता समस्याकारी भिडियोहरुको रिपोर्टिंग गर्न सहज बनाइने बताए । बीबीसीका अनुसार उक्त सामाजिक सञ्जालमा हत्या तथा आत्महत्या प्रत्यक्ष प्रसारण गरिएका घटना देखा परेपछि यी नयाँ कदम चाल्न लागिएका हुन् । एप्रिल महिनामा एकजना मानिसको हत्या भएको छटना फेसबुक लाइभ मार्फत प्रत्यक्ष प्रसारण भयो । सोही महिनामा एकजना थाई मानिसले आफु स्वयं र आफ्नो छोरीको हत्या उसैगरि प्रत्यक्ष प्रसारण गरे । जुकरबर्गले फेसबुकको समुदाय व्यवस्थापन टोलीमा हाल भएका ४५ सय कर्मचारीका अतिरिक्त थप भर्ना गरेर त्यस्ता सामाग्रीबारे रिपोर्टिंग हुने वित्तिकै चाँडो प्रतिकृया जनाउन लागिएको जनाए । आफ्नो फेसबुक प्रोफाइलमा लेख्दै उनले कम्पनीले हरेक हप्ता प्राप्त गर्ने दशौं लाख सामाग्रीका रिपोर्टलाई व्यवस्थापन गर्न नयाँ औजार विकास गर्ने भनेका छन् । ‘हामी समस्याबारे गुनासो वा रिपोर्ट गर्न सजिलो बनाउनेछौं। जसले गर्दा हाम्रा समीक्षकहरुले कुन सामाग्रीले हाम्रा मापदण्ड नाघ्छन् भनेर छिटो निर्धारण गर्न सक्नेछन् । ‘गत साता हामीले कोही मानिसले लाइभ भिडियोमा आत्महत्या गर्न लागेको भन्ने जानकारी पायौं । तत्काल हामीले सम्बन्धित कानुन कार्यान्वयन गर्ने निकायलाई खबर गर्यौं, र तिनलाई आफैंलाई नोक्सानी पुर्याउनबाट जोगाउन सक्यौं,’ जुकर्बर्गले भने ।