यचुरी भ्रमण आएको भोलिपल्टै प्रचण्डको भारत यात्रा

843
views

पर्वत । भारतीय कम्युनिष्ट नेता सीताराम यचुरी काठमाडौं उत्रिएको भोलिपल्टै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड भारत प्रस्थान गर्ने भएका छन् । भोलि शुक्रबार प्रचण्ड नयाँदिल्ली जाने कार्यक्रम तय भएको हो ।

नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेरै प्रचण्ड भारत जान लागेका बताइए पनि उनको भारत भ्रमणलाई स्वाभाविक रुपमा हेरिएको छैन ।

बताइएअनुसार इन्डिया फाउन्डेसनले आयोजना गर्ने ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ मा भाग लिन प्रचण्ड दिल्ली जान लागेका हुन् । यसपटकको उनको दिल्लीयात्रा निकै छोटो रहेको बुझिएको छ । भोलि शुक्रबार बिहान ९ बजे नयाँ दिल्ली गएर उनीी भोलि नै बेलुका ८ फर्कंदै छन् ।

एकदिनको मात्रै भ्रमण तालिका रहेको भन्दै भ्रमणका क्रममा कुनै भारतीय नेतासँँग भेटघाट नगर्ने कुराको प्रचार गर्ने चेष्टा गरिए पनि भारतका विभिन्न पक्षका प्रतिनिधिसँग परोक्ष रुपले प्रचण्डले भेटघाट एवम् राजनीतिक वार्ता गर्ने स्रोतले जनाएको छ ।

औपचारिक कार्यतालिकाअनुसार चाहिँ प्रचण्डले भाजपाका महासचिव राम माधव अध्यक्ष रहेको इन्डिया फाउन्डेसनको आयोजनामा हुने ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ लाई सम्बोधन गर्नेछन् ।