सानेपामा काँग्रेसको चियापान

1094
views

काठमाडौँ । नेपाली काँग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठ लगायत पर्वका अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

पार्टी मुख्यालय सानेपामा काँग्रेसको चियापान कार्यक्रम सुरु भएको छ । चियापानमा सहभागी अतिथिलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेताहरु विजयकुमार गच्छदारलगायतले स्वागत गरिरहेका छन् ।

शुक्रबारै केन्द्रीय कार्यालयसहित ७७ वटा जिल्लामा चियापान कार्यक्रम आयोजना गरिएको छ । चियापान दिउँसो १ देखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा चल्नेछ ।

विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ भारतबाट स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन काँग्रेसले चियापान तथा जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ । कार्यक्रममा एकलाख भन्दा बढीको उपस्थिति हुने अपेक्षा गरिएको छ ।