पोखरामा कविरपन्थीहरुको प्रर्दशन

877
views

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा कबिर पन्थीहरुले बृहत रयालीको प्रर्दशन गरेका छन् । भारतको हरियाणा सरकारले झुट्टा मुद्दा लगाई तत्वदर्शी सन्त गुरु रामपालदासलाई जेल सजाय दिएको भन्दै प्रर्दशन गरेका हुन् ।

धर्मका नाममा धार्मिक व्यापार, विकृति, विसंगति, हत्या, हिंसा र दाईजोका नाउँमा चेलीहरुको हत्या लगायतका कुकृतिहरुको अन्त्य गर्ने र सभ्य समाजको निर्माण गर्ने वेद र गीता अनुकूलको शास्त्राचारण गर्नुपर्ने भन्दै प्रर्दशन गरेका हुन् ।

प्रर्दशनमा गण्डक प्रदेश र काठमाडौंका भगतहरुको सहभागिता रहेको भगत यज्ञदासले जानकारी दिए । सन् २०१४ नोभेम्बर १८ तारेखका दिन आफ्नै आश्रममा ४५ हजार भन्दा बढी भारतीय सैन्य तथा पुलिस फोर्स प्रवेश गरी आश्रमका प्रमुख तत्वदर्शी गुरु रामपाललाई कब्जामा लिई ज्यान मार्ने झुट्टा मुद्दा लगाईएको दासले बताए ।

भगत यज्ञदासले सो घटनाबारे गुरु रामपालदासका समर्थकहरुले उक्त घटना राज्यबाटै घटाईएको डा. पोष्टमार्टम रिर्पोटमा पुलिसद्वारा प्रहार गरिएको अश्रुग्याँसका कारण आश्रममा रहेकापाँचजना महिला र एक बच्चाको श्वास निसासिएर मृत्यु भएको पुष्टि भएको बताए ।

दासले आश्रममा मानिसहरुलाई कब्जामा लिई मारिएको भन्ने अपराधमा रामपालदास गुरुले सफाइ पाएपनि भारत सरकारले ज्यान मुद्दामा भने कब्जामा लिई मारेको भन्ने हरियाणा जिल्ला अदालतले फैसला सुनाएको स्पष्ट पारे ।

सो घटनामा २४ जना नेपाली समेत तारेख लगाइएको छ । सो को विरुद्धमा पोखरामा भएको ¥याली र नेपाल सरकारलाई ध्यानाकर्षण गराइएको छ ।

सर्मथकहरुले बुटबल, विराटनगर र पोखरालाई केन्द्र बनाई प्रर्दशन गरेको पर्वतका अर्जुनदासले बताए ।