बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

605
views

नवलपुर, मंसिर २५ नवलपुरको कावासोतीमा बालिका बलात्कारको आरोपमा कावासोती ३ निवासी ३६ वर्षीय ओमराज श्रेष्ठ पक्राउ परेका छन् ।

स्थानीय ११ वर्षीय एक बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए ।
सोमबार राति ८ बजेतिर बालिकाको घरमै गएर श्रेष्ठले बलात्कार गरेको बालिकाका आफन्तले आरोप लगाएका छन् । श्रेष्ठले भने बलात्कार नगरेको तर बलात्कारको प्रयास गरेको स्वीकारेका छन् । श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।