श्रीमतीको टाउको छिनाउने श्रीमान पक्राउ

630
views

ललितपुर, १० बैशाख । आफ्नै श्रीमतीको टाउको छिनाउने श्रीमान जयवहादुर वाईवालाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका–१ बिशंखुनारायणको इँटा भट्टामा काम गर्ने ४२ वर्षीया वाईवाले आफ्नी ४१ वर्षीया श्रीमती सुनमाया वाइवालाई मंगलबार बिहान खुर्पा प्रहार गरी टाउको छिनाइदिएको प्रहरीले जनाएको छ । श्रीमती हत्याको घट्नाबारे स्थानीयले प्रहरीलाई खवर गरेपछि घटनास्थल पुगेका थिए ।

श्रीमतिको हत्या गरी भाग्ने प्रयास गर्दा वाइवालाई प्रहरीले पक्राउ गरेको थियो । वाइवाको घर सिन्धुली रहेको र हाल ललितपुरको इँटा भट्टाको छाप्रोपमा काम गर्दै आएका थिए । श्रीमती पनि उनकै साथमा काम गर्दै आएकी थिईन् । उनीहरूका ५ र २ वर्षका दुईवटा छोरीहरु छन् ।

श्रीमतिसँग भएको मनमुटावपछि वाइवाल रिसको झोंकले हत्या गरेको उनको प्रारम्भिक वयानमा खुल्न आएको प्रहरीले जनाएके छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।