प्रहरी सहायक निरिक्षकको पेस्तोल लुटेर तस्कर भागे

1438
views

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहर्निया गाँउपालिकामा गस्तीमा रहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक प्रमोद कुमार साहसँग रहेको पेस्तोल लुटेर तस्करहरु फरार भएका छन् ।

फाईल तस्विर


तस्करहरूको एक समूहले प्रहरीको १ थान पेस्तोल र त्यसमा लाग्ने म्याग्जीन लुटेर तस्कर फरार भएका हुन् ।

नेपालबाट भारत तर्फ अवैध रक्सी तस्करी गर्ने २५ जनाको समूहले आक्रमण गरी पेस्तोल लुटेर फरार भएको प्रहरीले जनाएको छ ।

हाल घटनास्थलमा धनुषाका प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोको नेतृत्वमा प्रहरीको टोली परिचालन गरिएको छ ।