दुईतिहाईको दम्भले जनता थकायो–भण्डारी

666
views

सीताराम थापा
वाग्लुङ । नेपाली कांग्रेसका नेता एवमं पूर्वमन्त्री शंकर भण्डारीले दुई तिहाईको सरकारको दम्भ देखेर जनता थाकिसकेको बताए । नेपाली कांग्रेस बागलुङले आयोजना गरेको राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले आतंक मच्चाएको कम्युनिष्ट पार्टीलाई मतदान गरेर नेपाली जनता ईतिहांसमा एक पटक भुल गरेको बताए ।

नेता भण्डारीले देशमा दिन प्रतिदिन तिनै तहको सरकारमा चरम भ्रष्टचार बढेको, सुशासन बिहिन भएको र हत्या, बलत्कारका घटनाहरु ह्वातै बढेको बताए। मुलकमा ब्याप्त भ्रष्टचार र कमिशन मौलाउँदै गएको जनता आफै हेरीरहेकोले यस्ता गतिविधिमा सारकारले नियन्त्रण गर्नको साटो भ्रष्टचारी र बलत्कारीलाई संरक्षण गरेको जनताले बुझेको बताए ।

भण्डारीले आतंक सृजना गरेर स्थापना भएको दल र सरकारबाट जनताले पनि उस्तै प्रतिफल पाएको आरोप लगाए । नेपाली कांग्रेसले नै नेपालमा लामो समय लोकतान्त्रिक सरकार द्ववारा सरकार चलाएर देस लाई यहाँ सम्म ल्याई पुर्यायको र एमाले माओवादीलाई पनि शान्ति प्रकृयामा ल्याउँदा जनता भ्रमित भई एकपटक सरकारमा पुगेको बताए । उनले “बादरले आफ्नो घर नि भत्काउने नयाँ पनि नबनाउने भन्दै वर्तमान सरकारलाई बँँदरको संज्ञा दिए ।

‘अहिलेसम्म दुई तिहाईको सरकारले एउटा पनि सफल काम गर्न सकेको छैन,’ नेता भण्डारीले भने ‘शान्ति र जनतामुखी’ काम कहिले हुने हो ?

नेपाली कांग्रेसका सभापति दिपेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय नेताहले सम्बोधन गर्दै पार्टिका सचिब नवराज पौडेलले संचालन गरेका थिए ।